काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा ५रूपैयाँ बढाएको छ।
निगम बढाएको नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रूपैयाँ, डिजेल र मट्टीतेल १ सय ७२ रूपैयाँ लिटर पर्नेछ। भने हवाइ इन्धन आन्तरिकको मूल्य १ सय ९० रूपैयाँ लिटर पर्ने भएको छ।
साथै एलपी ग्यासको भने मूल्य यथावत रहेको छ। एलपी ग्याँसको मूल्य १ हजार ८ सय रूपैयाँ नै रहेकाे छ।
यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आईओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।


