images
images

समग्रमा निजी क्षेत्रको मागलाई बजेटले समेटेको छः चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष एफएनसीसीआई 


  • 812
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    समग्रमा निजी क्षेत्रको मागलाई बजेटले समेटेको छः चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष एफएनसीसीआई 

    सरकारले यो बजेट विषम परिस्थितिमा ल्याएको हो । विषम परिस्थितिमा आएको बजेट हुनाले सरसर्ती हेर्दा निजी क्षेत्रको समग्र माग अपेक्षा समेटिएको देखिन्छ । विशेष गरि निजी क्षेत्रले कोभिड अति प्रभावित क्षेत्रको पुनरउत्थान लक्षित बजेट ल्याउन सुझाव दिएको थियो । सोही अनुरुप पर्यटन क्षेत्रलाई सहयोग गर्ने हिसावले बजेट आएको छ ।

    यसका साथै पर्यटन उद्योगलाई उत्पादनमूलक उद्योगमा समावेश गरेके छ । यो राम्रो पक्ष हो । पर्यटन प्रवद्र्धन गर्न भिसा शुल्क नलाग्ने व्यवस्था गरेको छ । अर्थात अब नेपाल आउने पर्यटकले भिषावापत तिर्नुपर्ने शुल्क तिर्नु नपर्ने भएको छ ।

    विशेष त यो पोलिसीमा आएको हो । कार्यान्वयन कस्तो हुन्छ । त्यो भने हेर्न बाँकी नै छ । करका विषयमा त्यति हेरफेर नभएको देखिन्छ । संस्थागत करमा केही हेरफेर भएको देखिएपनि के कस्तो व्यवस्था भएको हो, त्यो नहेरी भन्न सक्ने अवस्था छैन । 


    images

    Logo