काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले आफूले केही गल्ती नगरेको भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन् ।
‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ उनले भनेका छन् । माओावादी केन्द्रको बैठकमै उनको राजीनामा मागिएपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।