images
images

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै


  • 578
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

    काठमाडौं । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । 

    पछिल्लो  तीन  वर्षदेखि  भन्सार  छुट  पाएका  वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि  भने  निर्यात  निरन्तर  बढ्दो  अवस्थामा  रहेको छ ।

    नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन् । व्यापार  प्रवद्र्धन  तथा  निकासी  केन्द्रको  तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म अमेरिकामा कुल निर्यात १५ अर्ब ९७ करोड सात लाख एक हजार रुपियाँको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६३ करोड ४९ लाख ५३ लाख रुपियाँको निर्यात भएको छ । 

    आर्थिक वर्ष २०७७/७८ मा अमेरिकामा कुल निर्यात १३ अर्ब ७९ करोड ३५ लाख ३४ लाख रुपियाँ भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३८ करोड ७१ लाख नौ हजार रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ । 


    images

    Logo