images
images

राष्ट्र बैंले माग्यो विभिन्न पदका लागि कर्मचारी, ८ पासले पनि आवेदन दिन सक्ने


  • 2.0K
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    राष्ट्र बैंले माग्यो विभिन्न पदका लागि कर्मचारी, ८ पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदकालागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार सुचना जारी गर्दै करार सेवामा पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ । सो  पदका लागि ८ कक्षा पास गरेकाले पनि आवेदन दिन सकिनेछ । 

    बैंकले पिपा पदका लागि १६ जना, हल्का सवारी चालक १४ जना र बस चालक ७ जना गरि कुल ३७ जना कर्मचारीको माग गरेको छ । 

    nrb.png


    images

    Logo