काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका छन् ।
राजिनामा घोषणा गर्दै मन्त्री शर्माले एउटा संसदीय छानबिन मात्र हौइन हजारौं छानबिनका लागि तयार भएको बताए । छानबिन समितिलाई पूर्ण रुपमा सहयोग गर्ने भन्दै उनले आफुमाथि लगाइएका आरोपको पूर्ण रुपमा अस्वीकार गर्ने बताए ।