images
images

विद्युत खपत बढाउन सरकारले इन्डक्शन चूलोसहित अन्य विद्युतीय उपकरणको कर घटायो


  • 1.4K
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    विद्युत खपत बढाउन सरकारले इन्डक्शन चूलोसहित अन्य विद्युतीय उपकरणको कर घटायो

    काठमाडौं । विद्युतीय उपकरणको काठमाडौं । सरकारले इन्डक्शन(विद्युतीय चूलो) चुलोमा लाग्दै आएको भन्सार महसुलमा छुटको व्यवसथा गरेको छ । इन्डक्शन चूलोमा लाग्दै आएको भन्सार महसुलमा चार प्रतिशतले घटेको हो । सरकारले यस अघि इन्डक्शन चूलोमा ५ प्रतिशत भन्सार महसुल लगाउँदै आएको थियो । सो घटाएर एक प्रतिशतमा सीमित गरेको हो । 

    सरकारले विद्युत् खपत बढाउनका लागि विद्युतीय चुल्होको प्रयोगलाई बढवा दिने लक्ष्य निर्धारण गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले इन्डक्शन चुल्होको भन्सार एक प्रतिशतमा झचारेका हुन् । 

    भन्सार शुल्क कम भएपछि नेपाली बजारमा सस्तो मूल्यमा इन्डक्सन चुल्हो पाइनेछ । मुलुकमा पछिल्लो समयमा बिजुलीको उत्पादन बढ्दै गएको र विद्युत खपत बढाउन थप मद्दत मिल्ने देखिएको छ । 

    त्यसरी नै सरकारले विद्युत् खपत बढाउनका लागि रेफ्रिजेरेटर, ग्राइण्डर, राइसकुकर, पंखालगायत विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाएको छ ।

     


    images

    Logo