images
images

यस्ता छन् असार २१ गते बसेको मन्त्रिपरिषदका २३ निर्णयहरु


  • 547
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    यस्ता छन् असार २१ गते बसेको मन्त्रिपरिषदका २३ निर्णयहरु

    काठमाडौं । असार २१ गते बसेको मन्त्रिपरिषदको बैठकले २३ निर्णयहरु गरेका छन् । बैठकमा खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैङ्कबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर सङ्गीतकार शम्भु जीत बास्कोटालाई नियुक्ति गर्ने निर्णय पनि सो बैठकले गरेको छ । 

    नेपाल प्रहरीको क्षमता विकाससहितको साइबर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गरेको छ । हरित ग्यास उत्सर्जन न्यूनीकरण लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जा प्रवर्द्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१‍.१२ मिलियन अनुदान सहायता स्वीकार सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

    नेपाल प्रशासन सेवा सामूहिकतामा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ । नेपाल कृषि तथा वन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा डा. दीपककुमार खराललाई पनि बढुवा गरेको छ । 

    यस्ता छन् २३ निर्णयहरु :


    images

    Logo