हाम्रो अर्थत्न्त्र भनेका आयातमूखी हो । आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा परिवर्तन गर्न बजेटले सघाउने देखिएको छ । सरका।ले लिएको नीतिले वस्तु उत्पादनमा कष्ट अफ प्रडक्शन घटाउने देखिएको छ ।
सरकारले पूर्ण बजेट नै ल्याएको छ । कोभिडले गर्दा समस्या ग्रस्त उद्योगहरु पुनरुत्थानका लागि स्किमहरु आएका छन् । जस्तो उद्योग मेक इन नेपाल, उद्योगका लागि सस्तो महशुलमा विद्युत र स्टार्टअपका लागि कर्जा । नेपाल उद्योग परिसंघले राखेको तीन वटै माग सम्बोधन भएको छ ।
स्टार्टअपका लागि परियोजना धितोमा २५ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । यसैगरी कतिपय अन्तशुल्कहरु खारेज गरिदिएको छ भने केही घटाएको छ ।
समग्रमा हेर्दा बजेट औद्योगिकरणतर्फ केन्द्रित भएको देखिन्छ । विद्युत गाडीदेखि विद्युत खपत हुने घरायसी सामग्री आयातमा समेत छुट दिइएको छ । बजेटले पूर्वाधार विकासलाई प्राथमिकता राखेको छ । अर्को तर्फ ठकेदारहरूले आयोजना निर्माण गर्दा १० प्रतिशत रकम नगदै ग्यारेन्टी वापत राख्नु पर्दथ्यो । बजेटले त्यसलाई हटाएर बैंक ग्यारेन्टीलाई नै मान्यता दिएको छ ।
सो कारण समग्रमा बजेट राम्रो आएको छ । अन्य कुरा भने बजेटको अनुसूची हेरेर विश्लेषण गर्नुपर्छ ।


