images
images

मानव कल्याण समाज  दाङ शाखा आफ्नै नयाँ भवनमा 


  • 1.5K
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    मानव कल्याण समाज  दाङ शाखा आफ्नै नयाँ भवनमा 

     काठमाडौं । मानव कल्याण समाज  दाङ शाखा आफ्नै नयाँ भवनमा सरेको छ ।मानव कल्याण समाज दाङ शाखाले शाखा स्थापनाको दुई वर्षम‌ै आफ्नै भवन निर्माण गरेर आश्रृतलाई गृहप्रबेश गराएको हो ।
     
    घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा शनिबार  नयाँ घर उद्घाटन तथा गृह प्रबेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधनगर्दै चौधरीले अनाथालय खोल्ने संस्था धेरै आए पनि दिगो रुपमा सेवा गर्ने सस्था मानव कल्याण समाजनै रहेको बताए । 

    सडक मानव र असाहायको उद्वार गरेर मानव कल्याण समाजले उदाहरणीय काम गरेको चौधरीको भनाई थियो ।  अब धेरै समय यो अस्थायी घरमा बस्नु पर्ने अवस्थाको अन्त्य गरि स्थायी भवन निर्माण गरिने चौधरीले बताए । त्यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको चा‌धरीको भनाई थियो ।

    कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डे, पुर्व वडा अध्यक्ष चित्र बहादुर डांगी, घोराही १४ का पुर्व वडा अध्यक्ष शक्तिराम डांगि, नागरिक समाजका पुर्व अध्यक्ष चन्द्र राज पन्त, पतन्जली योग समिति नेपाल लुम्बिनी प्रदेश प्रमुख प्रेम शाह, सिद्धरत्न कलेजका सहायक प्रधानाध्यापक भुप बहादुर राउत, नारायणपुर उध्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, नेपाल भारत मैत्री संघ दाङका अध्यक्ष शिशिर लम्साल लगायतले मन्तव्य राख्दै मानव कल्याण समाजलाई संस्थागत र व्यक्तिगत रुपमा समेत सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

     कार्यक्रममा सक्षम वडास्तरीय महिला समुह, दाङ महिला जेशिज, ब्रम्ह कुमारी इश्वरीय विश्व बिद्यालय, इलाका प्रहरी कार्यालय लगायतबाट उपस्थिती रहेको थियो । सोहि क्रममा मानव कल्याण समाजको सेवाबाट प्रभावीतभै चन्द्र राज पन्तले नगद एक लाख रूपियाँ, जंग बहादुर पुनले ५१ हजार, अभियान बस्नेतले २५ हजार, भुप बहादुर राउतले २ हजार थान इट्टा, लोक प्रसाद भट्टराईले पाँच हजार, अमृता गुप्ताले एक हजार पाँच रूपैयाँ  सहयोग गरेका थिए । 

    manab-kalyan1.jpg

    कार्यक्रममा सेवा घरलाई सहयोग गर्नुहुने संस्था र व्यक्तिलाई सम्मान  गरिएको थियो ।  उद्घाटन समारोहमा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले मानव कल्याण कार्यमा साथ, सहयोग र शुभाव अर्पण गर्दै सेवामा अघि बढ्न उत्प्रेरणा प्रदान गरेकोमा समस्त मानवीय मनहरुमा हार्दिक साधुवाद र नमन अर्पण गरेकी थिइन । 

    हामी आलिसान महलको सपना देख्ने भन्दा पनि हाम्रो आमाबुवाको तत्कालको आवश्यक्ता पूरा गर्ने अभियानमा रहेको चौलागाईको भनाई थियो ।


    images

    Logo