images
images

मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदर बढाउनैपर्छ : गभर्नर


  • 397
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदर बढाउनैपर्छ : गभर्नर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि नियन्त्रण गर्नका लागि ब्याजदर बढाउनै पर्ने बताएका छन् ।

    सोमबार संसदको अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले मूल्यवृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका हुन् ।

    चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए । उनले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको छ । हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’

    पछिल्लो समय उद्योगी व्यापारीले ब्याजदर वृद्धि गर्न नहुने भनिरहेको बेला गभर्नर अधिकारीको भनाइ अनुसार फेरि ब्याजदर वृद्धि हुने सङ्केत गरेका छन् । ब्याजदर वृद्धि गर्नुको विकल्प नै नभएको समेत उनले बताए ।

     


    images

    Logo