काठमाडौं । अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने भएको छ । एनएमबी बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झौता गरेको हो ।
यो सम्झौतासँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १७ सयभन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताएका हुन् । यसका साथै उनले यस सुम्झौताले ग्राहकलाई सजिलो बनाइदने विश्वास व्यक्त गरे ।


