images
images

चामलको मूल्य बढ्यो, प्रतिबोरा कति पुग्यो ?


  • 568
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    चामलको मूल्य बढ्यो, प्रतिबोरा कति पुग्यो ?

    काठमाडौं । पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १ सयदेखि १ सय १० रुपैयाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपैयाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् ।

    नेपाल  खाद्य  किराना  तथा  थोक  व्यवसायी  सङ्घका  अनुसार  पछिल्ला  चाररपाँच  दिनदेखि  नेपालमा  प्रतिबोरा  चामलको मूल्य १ सय रुपैयाँ बढेको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपाल चामलमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै चामल प्रतिकेजी पाँच रुपियाँ भारतीय बढेको हुँदा प्रतिबोरा १ सय रुपैयाँ बढ्नुु स्वाभाविक भएको दाबी गरे । 

    भारतमा प्रतिकेजी पाँच रुपैयाँ भारतीय बढ्दा त्यही चामल नेपालमा आइपुुग्दा १ सय  रुपैयाँ मात्रै बढ्नुु एकदमै न्यूनतम मूल्य हो, उनले भने, “भारतमा बढेको मूल्य नेपालमा बढ्यो भने ढुुवानीसहित जोड्दा प्रतिबोरा २ सय  रुपैयाँ हुन जान्छ ।” 

    नेपालमा अन्य खाद्यान्न, दाल, चिनी, तेलजस्तो चामल मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्ने बित्तिकै नेपालमा बढेको उनको  भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यान्नका थोक व्यापारीसँग चामलको मूल्य बढ्नुुको कारण पेस गर्न निर्देशन दिएको छ । 


    images

    Logo