काठमाडौं । १ सय ३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
१ सय ३३ जना थपिएसँगै अब नेपालमा वरिष्ठ अधिवक्ताको संख्या ५ सय ८१ पुगेको छ। यसअघि ४ सय ४८ जनालाई वरिष्ठको उपाधि दिइएको थियो।




