images
images

आईजीपी बढुवाविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज


  • 413
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    आईजीपी बढुवाविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज

    काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको प्रमुख (आईजीपी) बढुवा सम्बन्धी विवादको हेर्दाहेर्दैमा रहेको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त सुनुवाई आज हुने भएको हो ।

    आज प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको तर्फका कानुन व्यवसायीले जवाफ दिनेछन् ।  कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो ।

    बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफुभन्दा १७ महिना जुनियर तथा तेस्रो वरियताका एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको  भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।


    images

    Logo