images
images

ह्वात्तै घटेर आयो पेट्रोल र डिजेलको मूल्य, आयल निगमलाई राहत


  • 1.0K
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    ह्वात्तै घटेर आयो पेट्रोल र डिजेलको मूल्य, आयल निगमलाई राहत

    काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) ले इन्धनको मूल्य घटाएर पठाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर आएसँगै आईओसीले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको हो । 

    आइओसीले निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको छ ।

    सधैँ घाटामा गइरहेको निगमलाई आईओसीले मूल्य घटाएर पठाएसँगै निगमलाई केही राहात मिल्ने भएको छ । साथै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि आयल निगमलाई अहिले सम्मको सबै कर र्फिता गर्ने निर्णय गरेको थियो यसले पनि निगमलाई थप राहत हुने भएको छ ।

    आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेको हुनाले  तत्काल तेलको मूल्य नघट्ने भएको छ । निगमले जनाएकाे छ ।


    images

    Logo