images
images

प्रदेशहरूलाई १ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण, कुन प्रदेशलाई कति ?


  • 856
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    प्रदेशहरूलाई १ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण, कुन प्रदेशलाई कति ?

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेशहरूलाई १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गर्दैछ । 

    यसमध्ये चालुमा ७४ अर्ब २२ करोड १७ लाख रुपैयाँ रहेको छ भने पुँजीगत शीर्षकमा २९ अर्ब ४८ करोड ८ लाख रहेको छ । 

    समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी सरकारले प्रदेशमा वित्तीय हस्तान्तरण गर्दछ ।

    आर्थिक वर्ष २०७८/७९ मा प्रदेश १ मा सर्वाधिक १६ अर्ब २९ करोड ३६ लाख हस्तान्तरण गरिँदैछ भने दोस्रोमा लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ रहेको छ । 

    तेस्रो स्थानमा कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

    प्रदेश २ मा १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ हस्तान्तरण गरिने भएको छ भने बागमती प्रदेशका लागि १४ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ छुट्याइएको छ । 

    गण्डकी प्रदेशमा सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ हस्तान्तरण गरिनेछ भने सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ हस्तान्तरण गरिने उल्लेख छ ।

     


    images

    Logo