images
images

बजेट कार्यान्वयनका लागि मन्त्रालयले जारी गर्यो ७० बुँदे मार्गदर्शन


  • 638
    SHARES
  • २०७९ श्रावण २ गते सोमबार

    बजेट कार्यान्वयनका लागि मन्त्रालयले जारी गर्यो ७० बुँदे मार्गदर्शन

    काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि ७० बुँदे मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले नयाँ हार्थिक वर्ष (२०७९र८०) सुरु भएसँगै बजेट कार्यन्वयनका लागि मार्गदर्शन जारी गरेक हो । 

    मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको वार्षिक खरिद योजना, विस्तृत डिजाइन , लागत अनुमान लगायतका तयारीका चरणहरु पूरा गरी साउन मसान्तभित्र बोलपत्र आब्हान गरिसक्नुपर्नेछ । 

    असोज मसान्त भित्र आयोजनाको मूल्याङ्कन गरी ठेक्का सम्झौता गर्नुपर्ने र कात्तिक १५ बाट काम सुरु गर्नुपर्ने उक्त मार्गदर्शनमा उल्लेख गरिएको छ । 

    भुक्तानीको सम्बन्धमा मार्गदर्शनले कार्यक्रम आयोजनाको भौतिक प्रगति तथा गुणस्तर समेतको आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउनु पर्ने जनाएकाे छ । तर पहिलो त्रैमासिक भुक्तानीको लागि भने भौतिक प्रगति आवश्यक नपर्ने उल्लेख गरिएको छ । 

    दोस्रो त्रैमासिक भुक्तानीको लागि ३० प्रतिशत र तेस्रो त्रैमासिक भुक्तानीको लागि सो अवधिसम्मको भौतिक प्रगति  न्युनतम ५० प्रतिशत हुनुपर्नेछ । सो भन्दा कम भौतिक प्रगति भएको अवस्थामा आगामी त्रैमासिक अवधिमा भौतिक प्रगति पुरा गर्ने प्रतिबद्धता गरि भरक्तनी गर्ने व्यवस्था मिलाउन उक्त मार्गदर्शनमा उल्लेख गरिएको छ । 

    यस्तो छ ७० बुँदे मार्गदर्शन


    images

    Logo