सशस्त्र प्रहरीका १२ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह, स्वास्थ्यतर्फका ६ जना, लेखा उपसमूहतर्फका ५ जना र कानुन पसमूहतर्फका १ जनागरी १२ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
जसमध्ये प्राविधिक समूह, स्वास्थ्यतर्फ बढुवाका लागि सिफारिस हुनेमा रामकृष्ण बराल, डा. अमरेश ठाकुर, डा. प्रभात राउल, डा. रोशन कुमार झा, डा. सुन्दर ढुङ्गाना र डा. भरत चन्द रहेका छन् भने लेखा उपसमूहतर्फ बढुवाका लागि सिफारिस हुनेमा छविलाल पाण्डे कानुन समूहतर्फबाट बढुवाका लागि सिफारिस भएका छन् ।


