काठमाडौं । घरजग्गा धितो कर्जामा अत्यधिक कडाइ गरेको छ । शुक्रवार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौदिक नीति सार्वजनिक गर्दै घरजग्गा धितो कर्जामा अत्यधिक कडाइ गरेका छन् ।
राष्ट्र बैंकका अनुसार अब काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
गत आर्थिक वर्षमा यस्तो अनुपात काठमाडौंमा ५० प्रतिशत र उपत्यकाबाहिर यस्तो अनुपात ६० प्रतिशत रहेको थियो ।