काठमाडौं । सरकारले २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा यरेको छ । आइतवार आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो घोषणा गरेको हो ।
सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ । त्यस्तै, मन्त्रालयले काठमाडौ उपत्यका लगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ ।
त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ । त्यस्तै, प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ ।
कोरोना महामारीका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष स्थगित गरिएको थियो । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको थियो ।


