images
images

शहरका जनताले भन्न थाले, ‘अब घरजग्गाको मूल्य बढ्दैन’


  • 1.3K
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    शहरका जनताले भन्न थाले, ‘अब घरजग्गाको मूल्य बढ्दैन’

    काठमाडौं । शहरी क्षेत्रमा घरजग्गाको मूल्य बढ्ने अपेक्षा घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले असारको अन्तिम सातामा गरेको सर्वेक्षण अनुसार यस्तो देखिएको हो । रिपोर्टले घरजग्गाको मूल्य बढ्दैन वा घट्छ भन्नेको संख्या उच्च रुपमा बढेको उल्लेख गरेको छ । 

    असार २० गतेदेखि २७ गतेसम्म राष्ट्र बैंकले देशका २८ शहरका ३१ बजारकेन्द्रमा १ हजार १ सय ४१ जनासँग मूल्य वृद्धिको अपेक्षबारे प्रश्न सोधेको थियो । जसमध्ये ३३.८ प्रतिशतले मूल्य नबढ्ने अपेक्षा गरेका थिए । 

    अघिल्लो त्रैमासमा २७.८ प्रतिशत उत्तरदाताले मात्रै मूल्य नबढ्ने अपेक्षा व्यक्त गरेका थिए । त्यसभन्दा अघिका २ त्रैमासमा यस्तो अभिमत क्रमशः २३.७ र २१ प्रतिशत थियो । 

    अझैपनि ६६.३ प्रतिशत जनताले घरजग्गाको मूल्य बढ्छ भनेका छन् तर अघिल्ला सर्वेक्षणका तुलनामा यो संख्या घट्दै गएको छ । गत आर्थिक वर्षको तेस्रो, दोस्रो र पहिलो सर्वेक्षणमा क्रमशः ७१.८ प्रतिशत ७६.४ प्रतिशत र ७९.१ प्रतिशत थियो । 

    घरजग्गाको मूल्य घट्दै गर्दा अन्य क्षेत्रमा भने उच्च रुपमा मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ । ९४.७ प्रतिशत जनताले समग्र मूल्यमा वृद्धि हुने अपेक्षा गरेकोमा २७ प्रतिशतले अहिलेको भन्दा उच्च गतिमा मूल्य बढ्ने बताएका छन् । यस्तो मूल्य खाद्यान्न, गेडागुडी, मसला, तरकारी, माछामासु लगायत सबै बस्तुहरुमा उच्च रुपमा बढ्ने उल्लेख गरिएको छ । 

    समग्रमा आगामी वर्ष १४ प्रतिशतको मूल्य वृद्धि हुने जन अपेक्षा देखिएको छ । अघिल्ला त्रैमासका सर्वेक्ष्णमा यस्तो वृद्धि २०७८ चैतमा १२.९ प्रतिशत रहेको थियो। त्यस्तै, पुसमा १०.४, असोजमा ९.४ र २०७७ माघमा ८ प्रतिशत रहेको थियो । 


    images

    Logo