images
images

मर्जरमा हुने कारोबार नियमावली २ साताभित्र आउने, रोक्का प्रणाली के हुन्छ ?


  • 615
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    मर्जरमा हुने कारोबार नियमावली २ साताभित्र आउने, रोक्का प्रणाली के हुन्छ ?

    काठमाडौं । मर्जर र एक्विजिसन हुँदा गरिने कारोबार रोक्काको सम्बन्धमा २ साताभित्रै नयाँ नियमावली आउने भएको छ । नेपाल  धितोपत्र बोर्डले आयोजना गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा अध्यक्ष रमेश हमालले यस्तो उल्लेख गरेका हुन् ।

    उनले मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले धितोपत्र बोर्डलाई दिएको उक्त अधिकार कार्यान्वयन गर्न १० दिनभित्र नियमावली तयार गरिसक्ने र बढीमा २ साताभित्र जारी हुने उल्लेख गरे ।

    कारोबार रोक्का के हुन्छ ?


    अहिले मर्जर वा एक्विजिसन हुँदा शेयर कारोबार रोक्का हुने गरेको छ । मर्जर हुँदा सबै कम्पनी र एक्विजिसन हुँदा बिक्री हुने कम्पनीको शेयर कारोबार हुने गरेकोमा यसको विरोध हुँदै आएको छ ।

    अहिले पनि ६ बैक र १७ बीमा मर बीमा कम्पनी मर्जरको क्रममा छन् । तीमध्ये आईपीओ जारी भएका कम्पनीहरुको कारोबार अहिले रोक्का अवस्थामा छ । नयाँ नियमावली आएपछि यी कम्पनीको कारोबार खुला हुने विश्वास गरिएको छ ।  

    अब आउने नियमावलीमा समेत कारोबार रोक्कालाई निरन्तरता दिने पक्षमा बोर्ड छ । तर, यस्तो अवधिलाई पूर्ण रुपमा हट्ने व्यवस्था भने नआउने अध्यक्ष हमालले उल्लेख गरे । उनले मर्जरको नाममा शेयर कारोबारमा हुनसक्ने चलखेललाई मध्यनजर गर्दै नियमावली ल्याइने उल्लेख गरे । 


    images

    Logo