images
images

रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन नेपाली बजारमा


  • 543
    SHARES
  • २०७९ श्रावण १३ गते शुक्रबार

    रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन नेपाली बजारमा

    काठमाडौं । रियलमीले आफ्नो नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी-३१ सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ५,००० एमएएच क्षमताको ब्याट्री रहेको, जुन स्ट्यान्ड–बाइ ४५ दिनसम्म टिक्न सक्ने दाबी कम्पनीले गरेको छ । 

    फोनमा १.८ गिगाहर्जको अक्टाकोर युनिसक टी ६१२ प्रोसेसर र १३ मेगापिक्सेलको क्यामरा राखिएको छ । १७ हजार ७ सय ९९ रुपैयाँ मूल्य रहेको यो फोनमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज पाउन सकिन्छ । यो फोन यति सस्तो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी कम्पनीले गरेको छ । 

    फोनमा ८८.७ प्रतिशत स्क्रिन टु बडी रेसियो रहेको ६.५२ इन्चको डिस्प्ले दिइएको छ, जसमा १६ सय बाइ ७ सय २० पिक्सेलको एचडी रिजोलुसन पाउन सकिन्छ । चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टमा समेत उपलब्ध यो फोन लाइट सिल्भर र डार्क ग्रीन रङ्गमा उपलब्ध छ । 

     


    images

    Logo