images
images

ठमेल व्यवसायीलाई कोरोनाको खोपः चार हप्तामा दोस्रो डोज


  • 591
    SHARES
  • २०७८ बैशाख ११ गते शनिबार

    ठमेल व्यवसायीलाई कोरोनाको खोपः चार हप्तामा दोस्रो डोज

    काठमाडौं । काठमाडौं उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो । 

    परिषद्का उपाध्यक्ष एवम् कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिए । 

    स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि हालसम्म आठ हजार ३०० को हाराहारीमा खोप प्रदान गरिसकेका छैं,’ उनले भने ‘खोप अभियानलाई प्रभावकारी र सफल बनाउन परिषद्ले ३० जना स्वयंसेवकसमेत परिचालन गरेको छ ।’

    नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उनले बताए छ । परिषद्ले चार हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ ।


    images

    Logo