काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहिवार बसेको मन्त्रीपरिषदको बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । जसमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सरुवा भएका छन् ।
साथै सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिवमा समेत रहेका पुष्करले अर्को सचिव नआएसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।