images
images

बैंक अफ काठमाण्डूले ल्यायो नयाँ योजना, निक्षेपमा ११.०३% ब्याजका साथै यस्ता छन् अन्य सुबिधा


  • 521
    SHARES
  • २०७९ श्रावण २३ गते सोमबार

    बैंक अफ काठमाण्डूले ल्यायो नयाँ योजना, निक्षेपमा ११.०३% ब्याजका साथै यस्ता छन् अन्य सुबिधा

    काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका व्यक्तीहरुका लागी विभिन्न आकर्षक सुबिधाहरु बैंकले ल्याएको छ । 

    आजको स–साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा ब्यवस्थापन हुन्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरुको वित्तीय ब्यावस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको हो । यस निक्षेप खातामा बैंकले खातावाहक ग्राहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । 

    यस खातामा न्यूनतम् १ हजारदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५ सय रुपैयाको गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने बैंकले जनाएको छ । यदि रिकरिङ्ग निक्षेप खातावाहक ग्राहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने ब्यवस्था समेत बैंकको रहेको छ ।  

    बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजानीक  गरेको हो । खातावाहक ग्राहाकहरुको वर्तमानको वित्तीय ब्यवस्थापन सहित आर्कषक ब्याजदरको ब्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुबिधा पनि रहेको छ । न्यूनतम् कुल मौज्दात २ लाख भएको यस खातामा ग्राहकहरुलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय ब्यवस्थापन अवधि रहेको छ । 

    साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सुबिधा रहेको छ ।


    images

    Logo