images
images

२४ घण्टे अल्टिमेटमबाट पछि हटे बालेन, हस्पिटलमै पुगेर सम्झौता !


  • 693
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    २४ घण्टे अल्टिमेटमबाट पछि हटे बालेन, हस्पिटलमै पुगेर सम्झौता !

    काठमाडौं । नक्सा पास नगरी भवन बनाएको भन्दै २४ घण्टाभित्र हटाउन दिएको निर्देशनबाट काठमाडौं महानगरपालिका पछि हटको छ । आज मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरपालिका र हस्पिटलबीच नयाँ सम्झौता भएको हो । सम्झौता अनुसार उक्त संरचनाबारे अध्ययन गर्न दुवै पक्ष सम्मिलित प्राविधिक समिति गठन गर्ने सहमति भएको हो । 

    सोमबरा महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएको थियो। मंगलबारमहानगरको टोली संरचना भत्काउन अस्पताल पुगेको थियो । केही समयपछि मेयर शाह आफैं अस्पताल पुगेका थिए। सम्झौतापछि ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने मेयर शाहले बताए । 

    सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानुन बराबर लाग्ने मेयर शाहको भनाइ छ। आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको उनको भनाइ छ। अस्पतालले भने संघीय सरकारसँग सम्झौता गरेर उक्त जग्गा लिजमा लिएको भन्दै सम्झौताको अवधि अझै ८ वर्ष भएको जनाएको छ । 

    अस्पताल रहेको जग्गा तत्काल नभत्काउने निर्णय गर्नु जायजै भए पनि महानगरपालिकाका मेयर आफैं अस्पतालमा पुगेर सम्झौता गर्नु प्रोटोकल बिपरित हो । सरकारको बरियतामा काठमाडौं महानगरपालिकाको मेयर राज्यमन्त्री सरहको मानिन्छन् । 


    images

    Logo