images
images

लुक्ला  विमानस्थलको वेबसाइट ह्याक


  • 567
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    लुक्ला  विमानस्थलको वेबसाइट ह्याक

    काठमाडाै‌ । सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा  बढीदेखि ह्याकरको नियन्त्रणमा छ । साउन १६ गते विमानस्थलको साइट ह्याक  भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले वेबसाइटलाई आफ्नो  पहुँचमा ल्याउन सकेको छैन । ह्याकर कोनियन्त्रणबाट साइट आफ्नो पहुँचमा ल्याउन प्राधिकरणका सूचना प्रविधिसम्बन्धी चारजना कर्मचारी खटिएका छन् तर कहाँबाट कसले नियन्त्रणमा लिएको छ भन्ने पत्ता लाग्न सकेको छैन । 

    प्राधिकरण स्रोतका अनुसार विमानस्थलको फोटो ग्यालरीमा रहेको फोटोका  माध्यमबाट ह्याक गरिएको अनुमान छ  । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौ  लाले ह्याक भएको साइट ह्याकरको पहुँचबाट फुत्काउने प्रयास भइरहेको बताए । ह्याकरले सरकारी निकायसँग सम्बन्धित डाटाबेस तथा कम्प्युटर  प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्न थालेपछि प्राधिकरणले नियामक  निकायसहित मुख्य  विमानस्थलको सूचना प्रविधिमा सुरक्षा बढाएको दाबी  गरेको छ ।  

    ह्याकरले सूक्ष्म सुरक्षा कमजोरी पत्ता लगाएर देश विदेशबाट बढी खोजी गरिने यस विमानस्थलको सिस्टममा प्रवेश गरेको छ  । 

    ह्याकरको समूहले नेपालका सरकारी तथा सार्वजनिक निकायका महत्वपुर्ण वेबसाइट ह्याक गर्ने क्रम यसअघि पनि देखिएको थियो ।  सेयर गरिएको होस्टिङ,  पुरानो फ्रेमवर्क, अपडेट नभएका प्लगिङ र समय–समयमा सुरक्षासम्बन्धी समीक्षा नहुँदा सरकारी वेबसाइट ह्याक हुँदै आएका  छन् ।


    images

    Logo