images
images

हाइड्रोपावरको लाभांश क्षमता ५१% सम्म, सातमध्ये ३ कम्पनी नोक्सानमा


  • 15.8K
    SHARES
  • २०७९ श्रावण २६ गते बिहीबार

    हाइड्रोपावरको लाभांश क्षमता ५१% सम्म, सातमध्ये ३ कम्पनी नोक्सानमा

    काठमाडौं । सात हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सूचीकृत कम्पनीले आर्थिक वर्ष सकिएको एक महिनाभित्र विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार ३२ कम्पनीमध्ये हालसम्म सो संख्यामा कम्पनीहरुले विवरण सार्वजनिक गरेका हुन् । यसरी विवरण प्रकाशन गर्नेहरुमा सानिमा माइ हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, नेशनल हाइड्रोपावर, पाँचथर पावर, आँखुखोला जलविद्युत आयोजना, हिमाल दोलखा हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् ।

    ती कम्पनीमध्ये ४ वटा कम्पनी नाफामा जाँदा ३ वटा कम्पनी नोक्सानमा रहेको विवरणमा देखिएको छ । नोक्सानमा गएका सबै कम्पनीहरु प्रस्तावित परियोजना निर्माण सम्पन्न गरी नियमित रुपमा बिजुली बिक्री गरिरहेका कम्पनीहरु रहेका छन् । 

    प्रकाशित विवरण अनुसार माउन्टेन इनर्जी नेपालले ६१ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । १ अर्ब ९६ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीले कमाएको यो नाफा प्रतिशेयर ३१.०५ रुपैयाँ हो । यो नाफापछि कम्पनीको सञ्चित नाफा १ अर्ब १ करोड पुगेको छ । यसले ५१.३९ प्रतिशत लाभांश लिनसक्ने क्षमता रहेको देखाउँछ । 

    त्यस्तै, सानिमा माइ हाइड्रोपावरको नाफा ५४ करोढ ५ लाख रुपैयाँ रहेको छ । ३ अर्ब ८ करोड रुपैयाँ चुक्तापुँजी रहेको सो कम्पनीको उक्त नाफा प्रतिशेयर १७.५० रुपैयाँ हो ।  कम्पनीको सञ्चित नाफा भने ९२ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो प्रतिशेयर २९.९९ प्रतिशत बराबर रहेको छ ।

    पाँचथर पावर कम्पनीले नाफा १६ करोड १० लाख रुपैयाँ कमाएको छ जुन प्रतिशेयर १६.१० रुपैयाँ हो । कम्पनीको सञ्चित नाफा भने  ११ करोड ६० लाख रुपैयाँ रहेको छ । यो नाफाले शेयरधनीलाई १२.०५ प्रतिशतसम्म लाभांश दिन सकिन्छ ।

    आखुँखोला जलविद्युत आयोजनाको २ करोड ४८ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो प्रतिशेयर ३.१० रुपैयाँ हो । आँखुखोलासँग हाल ८० करोड रुपैयाँ चुक्तापुँजी छ । कम्पनीसँग हाल २२ करोड २९ लाख रुपैयाँ सञ्चित नाफा रहेको छ जसले लाभांश क्षमता २७.८७ प्रतिशत रहेको देखाउँछ ।

    hydro chart.JPG

    दिव्यश्वरी, नेशनल र हिमाल दोलखा हाइड्रोपावर भने गत वर्ष नोक्सानमा गएका छन् । २ करोड ६४ लाख रुपैयाँ चुक्तापुँजी रहेको दिव्श्वरी हाइड्रोपावर कम्पनी १ करोड ७३ लाख रुपैयाँ बराबर घाटामा गएको छ । यो नोक्सान प्रतिशेयर ६.५८ रुपैयाँ हो । विगतदेखि नै नोक्सानीमा रहँदै आएको सो कम्पनीको नेटवर्थ अहिले १५ रुपैयाँमा झरिसकेको छ । 

    नेशनल हाइड्रोपावरको १ करोड ७४ लाख रुपैयाँ घाटामा गएको छ जुन प्रतिशेयर १.०४ रुपैयाँ हो । कम्पनीको चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको हो । सो कम्पनीको सञ्चित नाफा १ करोड ७० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको १.०४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छ । 

    त्यस्तै, हिमाल दोलखा पावरको १ करोड ८८ लाख रुपैयाँ घाटामा छ । यस कम्पनीको चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी १.१८ रुपैयाँ रहेको छ । यो कम्पनी पनि सञ्चित नोक्सानीको अवस्थामा छ । 


    विविका तिमल्सिना
    तिमिल्सिना नेपालअर्थ डटकमकी संवाददाता हुन् ।


    images

    Logo