काठमाडौं । सरकारले जनार्दन शर्माका दुई सारथीको पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा कृष्णहरि पुष्करलाई पूर्णकालीन जिम्मेवारी दिँदै र रामेश्वर दंगालालाई राजश्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्मासँगको विवादपछि अघिल्लो साता तात्कालिन अर्थसचिव मधु मरासिनीलाई सरकारले प्रधानमन्त्री कार्यालयमा पठाएर कृष्णहरिलाई अर्थ सचिव समेतको जिम्मेवारी हेर्नेगरी तोकेको थियो । तत्कालिन जिम्मेवारी पाएको एक सातापछि उनलाई अर्थसचिवको पूर्णकालीन जिम्मेवारी सुम्पिएको हो ।
त्यस्तै राजश्व सचिवको जिम्मेवारी पाएका रामेश्वर दंगाल अर्थमन्त्री जनार्दन शर्माका विश्वासपात्र हुन् ।