images
images

डेपुटी गभर्नर बमबहादुरको ८ ठाउँमा जग्गा, नीलमसँग सवा २ करोड बैंक ब्यालेन्स


  • 514
    SHARES
  • २०७८ बैशाख ११ गते शनिबार

    डेपुटी गभर्नर बमबहादुरको ८ ठाउँमा जग्गा, नीलमसँग सवा २ करोड बैंक ब्यालेन्स

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकमा डेपुटी गभर्नरको नियुक्ति भएपछि डेपुटी गभर्नरद्वयले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

    राष्ट्र बैंकको वेभसाइटमार्फत् सार्वजनिक गरिएको सम्पत्ति विवरणमा डेपुटी गभर्नर मिश्र र उनकी पत्नी सीतादेवी कुँवरको नाममा देशका विभिन्न ८ ठाउँमा जग्गा रहेको देखिएको छ । उनीसँग झापाको दमकका ७ ठाउँमा ८ हजार ५ सय वर्गमिटर जग्गा र काठमाडौंको बुढानीलकण्ठमा २१० वर्गमिटर जग्गा रहेको उल्लेख छ । 

    त्यस्तै, मिश्रसँग सुन र चाँदी २५/२५ तोला र श्रीमती र छोरी समेतको नाममा करिब ३ लाख बैंक व्यालेन्स तथा करिब ११ लाख रुपैयाँ बराबरको शेयर रहेको देखिएको छ । 

    त्यस्तै, अर्की डेपुटी गभर्नर नीलम तिमल्सिनासँग काठमाडौंको टोखामा २ सय ८४.५ वर्गमिटर जग्गा, श्रीमान् विष्णुप्रसाद तिमिल्सिनाको नाममा झापामा १५ कठ्ठा जग्गा, आफ्नो नाममा झापामा ११ हजार ९ सय २५ वर्गमिटर जग्गा रहेको उल्लेख गरिएको छ । 

    त्यस्तै तिमिल्सिनासँग ४५ तोला सुन र ५० तोला चाँदी रहेको देखिएका छ । उनले विभिन्न बैंकमा करिब २ करोड २९ लाख नगद मौज्दात रहेको उल्लेख गरेकी छिन् । शेयरतर्फ भने डा. ढुंगानासँग करिब ८ हजार ५ सय कित्ता शेयर रहेको छ । 


    images

    Logo