काठमाडौं । एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर ल्याउन लागेको छ । अब एनएमबिका ग्राहकले बुद्घ र यती एयरको टिकट खरिद गर्दा क्यासब्याक पाउने भएका छन् ।
एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३ सय ५० र ५ सय रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन ।
सो सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।