images
images

एकैदिन १५ अर्बले बढ्यो बैकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?


  • 550
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    एकैदिन १५ अर्बले बढ्यो बैकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १५ अर्ब रुपैयाँले बढेको । राष्ट्र बैंकको विवरण अनुसार साउन ३१ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो । 

    साउन ३० गते ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप साउन ३१ गते १५ अर्ब रुपैयाँले बढेर ५० खर्ब ३४ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १३ अर्ब रुपैयाँले बढेको छ । साउन ३० गते ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो ३१ गते सो रकम १३ अर्बले बढेर ४४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्ताहरुको पनि निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ । ३० गते ५ खर्ब ९७ अर्ब रुपैयाँ रहेको निक्षेप ३१ गते ३ अर्बले बढेर ६ खर्ब रुपैयाँ पुगेको छ । 

    यसरी बैंकहरुको निक्षेप एकैदिन १५ अर्बले बढ्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले मात्रै बढेको छ । साउन ३० गते ४६ खर्ब ९८ अर्ब रहेको निक्षेप ३१ गते २ अर्बले बढेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ३ अर्बले बढेर ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्बले बढेर ५ खर्ब २९ खर्ब रुपैयाँ पुगेको छ । 

    साउन ३१ गते बैंकहरुको सीडी रेसियो पनि घटेर ८८.०७ प्रतिशतमा झरेको छ ।

     

     


    images

    Logo