images
images

डिजी पे र स्टार हस्पिटल बीच सम्झौता, यस्ता छन् फाइदाहरु


  • 581
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    डिजी पे र स्टार हस्पिटल बीच सम्झौता, यस्ता छन् फाइदाहरु

    काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटल बीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेले ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो।

     यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८ सय २५ को दुइवटा १ हजार ६ सय ५० बराबर ओ.पी.डी. टिकट निशुल्क पाउने छन् ।  साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

    स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र बिसेष सहकार्यमा आबद्द हुन पाउनुमा खुशी व्यक्त गरेका छन् । उनले यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

    त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । 

    सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।


    images

    Logo