images
images

निजामतिको आधिकारिक ट्रेड युनियनको समय सकियो, कार्यसमिति आजदेखि ‘अवैध’

‘अबको निर्णय सामूहिक सौदाबाजीबाट’


  • 482
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    निजामतिको आधिकारिक ट्रेड युनियनको समय सकियो, कार्यसमिति आजदेखि ‘अवैध’

    काठमाडौं । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको म्याद आजदेखि सकिएको छ । निजामति कर्मचारी ऐनको व्यवस्था अनुसार ६ महिनासम्म म्याद थप गर्न पाउने व्यवस्था रहेकोमा सो अवधि सकिएपछि आजदेखि सो युनियनले आधिकारिक ट्रेड युनियनको हैसियतले सौदाबाजी गर्न नपाउने भएको हो । 

    इतिहासमै पहिलोपटक आधिकारिक ट्रेड युनियनको चुनाव २०७३ जेठ १९ गते भएको थियो । सो कार्यसमितिको अवधि ४ वर्ष रहेको थियो । तर, कुनै कारणले निर्वाचन हुन नसक्ने अवस्था भएमा १ वर्ष म्याद थप गर्न पाउने व्यवस्था थियो । तर, म्याद थप भएको १ वर्षसम्म पनि चुनाव हुन नसकेपछि आधिकारिक समिति स्वतः विघटन भएको हो । 

    कोरोना महामारीका कारण अघिल्लो वर्ष चुनाव हुन सकेको थिएन । चुनाव हुन नसकेपछि मन्त्रिपरिषद्को निर्णय बमोजिम सो युनियनको म्याद थप गरिएको थियो । पछिल्लो समय फागुन १६ गतेको लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन मिति तय गरिएको भए पनि सरकारले चुनाव हुने वातावरण नभएको भन्दै एकतर्फी रुपमा चुनाव स्थगित गरेको थियो । तर, विपक्षीहरुले भने आफ्नो अनुकुल परिणाम नआउने भएपछि सरकारले निर्वाचन स्थगित गरेको आरोप लगाउँदै आएका छन् । 

    अब निर्वाचन नभएसम्म श्रम विभागमा दर्ता भएका सबै निजामति ट्रेड युनियनको सामूहिक सौदाबाजीबाट निर्णय हुनेछ । नेपाल निजामति कर्मचारी युनियन ९संघ० का अध्यक्ष गोपाल पोखरेलले निजामति सेवा ऐनको दफा ५३ ९३० ९ख० ले आधिकारिक ट्रेड युनियन नभएको अवस्थामा सामुहिक सौदाबाजीमा निर्णय हुने व्यवस्था रहेको भन्दै अब सोही अनुसार अघि बढ्ने बताए । अहिले निजामति कर्मचारीहरुको तीनवटा ट्रेड युनियन रहेको छन् ।


    images

    Logo