काठमाडौं । कुमारी बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरि सो व्यवस्था गरेको हो ।
अब बैंकको कुनै पनि खाताबाट प्राथमिक शेयर, हकप्रद शेयर लगायतका धितोपत्रमा आवदेन दिँदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।
ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो ।