images
images

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा


  • 687
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । एनएमबि बैंकको संस्थापक शेयर विक्री गरिने भएको छ । बैंकले २ संस्थापक  शेयरधनीको नाममा रहेको कुल ६६ हजार ६ सय ३० कित्ता शेयर विक्री गर्न लागेको हो । 

    कुल शेयर मध्ये मान बहादुर फागुको नाममा रहेको ५२ हजार ३ सय ५ कित्ता र भानु भक्त शर्माको नाममा रहेको १४ हजार ३ सय २५ कित्ता विक्रीमा रहेको छ । 

    उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय बबरमहलमा आवेदन दिनुपर्ने छ ।

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 


    images

    Logo