images
images

सेप्टेम्बरमा आईफोन–१४ को नयाँ सिरिज सार्वजनिक हुँदै, कति पर्छ मूल्य ? 


  • 750
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    सेप्टेम्बरमा आईफोन–१४ को नयाँ सिरिज सार्वजनिक हुँदै, कति पर्छ मूल्य ? 

    काठमाडौं । सेप्टेम्बर ७ मा नयाँ आईफोन–१४ सिरिज सार्वजनिक हुने भएको छ । एप्पल कम्पनीले उक्त सिरिजको लोगो सहितको भिडिओ सार्वजनिक गर्दै सेप्टेम्बर ७ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको हो । 

    कार्यक्रममा कम्पनीले आफ्नो नयाँ आईफोन १४ सिरिज – आइफोन १४, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स, वाच ८ सिरिजलगायत धेरै उत्पादनहरू प्रस्तुत गर्न सक्नेछ । त्यो हुँदा पनि नयाँ आउने आईफोन १४ कस्तो हुनेछ र त्यसमा के–कस्ता फिचर उपलब्ध हुनेछन् भन्ने विषयमा धेरैलाई चासो छ ।

    कम्पनीले कार्यक्रमको विषयमा जानकारी दिए पनि उक्त दिन कुन–कुन डिभाइस सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । कम्पनीले यी डिभाइसहरुको मूल्यको विवरण  आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । तर, आइफोन–१४ को मूल्य ८९९ अमेरिकी डलर र आइफोन–१४ म्याक्सको मूल्य ९९९ डलर हुनसक्ने बताइएको छ । 


    images

    Logo