काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । सोमबार बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । उक्त ट्रेजरी बिल ९१ दिनको मंसिर १३ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


