images
images

गाडी, बाइक, मदिरा र मोबाइल बाहेक अरु सामानमा लगाएको प्रतिबन्ध हट्यो


  • 504
    SHARES
  • २०७९ भाद्र १४ गते मंगलबार

    गाडी, बाइक, मदिरा र मोबाइल बाहेक अरु सामानमा लगाएको प्रतिबन्ध हट्यो

    काठमाडौं । सरकारले  गाडी, बाइक, मदिरा र मोवाइलबाहेका अरु सामानमा लगाएको प्रतिवन्ध हटाएको छ । सरकारले गाडी, मोबाइल, मोटरसाइकल र रक्सी आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिँदा अन्य बस्तुको आयातलाई खुल्ला गर्ने निर्णय गरेको हो ।  

    राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले ४ प्रकारका वस्तुको आयात लम्ब्याएइ असोज २८ सम्मको लागि थप गरेको छ । यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको हो । 

    अब जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध हुनेछ । यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । 

    सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि ४ महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिएको छ । 


    images

    Logo