images
images

सरकारी निकायको विरोधाभाष : सरकार फुकाउने, राष्ट्र बैंक कस्ने


  • 659
    SHARES
  • २०७९ भाद्र १५ गते बुधबार

    सरकारी निकायको विरोधाभाष : सरकार फुकाउने, राष्ट्र बैंक कस्ने

    काठमाडौं । मंगलबार नेपाल उद्योग वाणिज्य तथा मन्त्रालय र राष्ट्र बैंक आयात व्यवस्थापनबारे छुट्टाछुट्टै निर्देशन जारी गरे । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर नियम कार्यान्वयनमा ल्याउँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रमार्फत् यस्तो निर्देशन दिएका हुन् ।  

    मन्त्रालयले जारी गरेको सूचनामा अहिले प्रतिबन्ध लाग्दै आएका कुरमुरे, लेज, हिरा, टेलिभिजन, खेलौना, तास लगायत वस्तुहरुको आयात खुला गरिएको छ । नयाँ व्यवस्था अनुसार विदेशी रक्सी, करिब ४० हजार रुपैयाँभन्दा बढीका स्मार्टफोन, शववाहन र एम्बुलेन्स बाहेकका चारपाङ्ग्रे सवारी साधन र १५० सीसी भन्दा माथिका मोटरसाइकल रहेका छन् । 

    उता सोही दिन राष्ट्र बैंकले भने डलर कार्डमार्फत् हुने भुक्तानीमा कडाइ गरेको छ । यसअघि प्रतिव्यक्ति वार्षिक ५०० डलरसम्म भुक्तानीका लागि खुकुकलो व्यवस्था गरेकोमा राष्ट्र बैंकले अहिले विभिन्न १८ वटा मर्चेन्ट क्याटेगोरी कोड भएका वस्तु तथा सेवाहरु आयातमा प्रतिबन्ध लगाएको छ । 

    यसरी प्रतिबन्ध लागेका सामानहरुमा मुद्राको खरिद अर्डर, सबै प्रकारका बीमासम्बन्धी भुक्तानी, आर्ट तथा ग्यालरी, ट्राभल चेक, सबै प्रकारका सेक्युरिटिज भुक्तानी, जुवातास तथा अन्य गेमिङ, डेटिङ अन्य प्रयोजनका लागि भुक्तानी, घरजग्गा तथा रियलस्टेटसँग सम्बन्धित भुक्तानी, घोडा तथा कुकुर दौडसम्बन्धी खेल, धार्मिक तथा राजनीतिक संगठनका लागि गरिने भुक्तानीमा बन्देज लगाइएको छ । 


    images
    images

    Logo