images
images

पशुपति क्षेत्रका ९ कर्मचारीको पुनर्बहाली, डेढ वर्षको तलब भर्न निर्देशन


  • 1.6K
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    पशुपति क्षेत्रका ९ कर्मचारीको पुनर्बहाली, डेढ वर्षको तलब भर्न निर्देशन

    काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गतका ९ कर्मचारीको पुनर्बहाली भएको छ । कोषले हाजिर हुन नदिएपछि श्रम विभागमा उजुरी दिएका उनीहरुको पक्षमा श्रम अदालतले बिहीबार निर्णय सुनाएको हो । निर्णय अनुसार ती कर्मचारीले २०७७ माघदेखि हालसम्मको तलब समेत पाउने भएका छन् । 

    कोष अन्तर्गत कार्यरत ६४ जना कर्मचारीको २०७७ पुस मसान्तमा करार अवधि सकिएको थियो । तर, सोही वर्षको माघ १४ गते कोषले सबै कर्मचारीलाई अर्को निर्णय नभएसम्ममा लागि यथावत राख्ने निर्णय गरेको थियो । 

    निर्णय अनुसार ४८ जनालाई हाजिरी हुन दिए पनि बाँकी १८ जनालाई भने यसमा रोक लगाइएको थियो । यसको विरोधमा हाजिरी हुन नपाएका ९ जना कर्मचारीले विभागमा उजुरी हालेका थिए । यसउपर विभागले निर्णय सुनाएको हो । 

    ९ जनाको मात्रै उजुरी परेकोले विभागले सम्बन्धित ९ जनाको पुनर्बहालीको लागि पत्र लेखेको छ । बाँकी ९ जनाको के हुन्छ भन्ने अझै अन्यौल छ । यद्यपि कोषले लामो समयदेखि अख्तियार र महालेखा परीक्षक कार्यालयको प्रतिवेदन देखाउँदै गरिएको आलटाल विरुद्ध व्याख्या गरिदिएको छ । विभागको व्याख्या अनुसार अख्तियार र महालेखाको प्रश्न नयाँ कर्मचारीलाई भएकोले पुराना कर्मचारीहरुले नियमित रुपमा काम गर्न पाउनुपर्छ । 

    यो व्याख्याका आधारमा थप ९ जनाले समेत रोजगारी पाउनसक्ने सम्भावना देखिन्छ । यसो त निर्णय उपर चित्त नबुझेमा कोष श्रम अदालत जान सक्ने विकल्प छ ।   


    images

    Logo