images
images

१०० सीट दाबी गरेको काँग्रेस ८६ मा झर्न तयार , माओवादीलाई ४७ सीट !


  • 1.2K
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    १०० सीट दाबी गरेको काँग्रेस ८६ मा झर्न तयार , माओवादीलाई ४७ सीट !

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६५ मध्ये १०० सीट दाबी गरेको नेपाली काँग्रेस ८६ सीटमा खुम्चिने भएको छ । सत्तारुढ गठबन्धनको बैठकमा काँग्रेस सो बराबर सीट लिएर निर्वाचनमा जान तयार देखिएको हो । 

    गठबन्धनमा रहेका दलमध्ये दोस्रो दल माओवादी केन्द्रले ४७ सीट, एकीकृत समाजवादीले १८ सीट, जनता समाजवादी पार्टीले १३ सीट तथा राष्ट्रिय जनमोर्चाले १ सीट लिने मोटामोटी सहमति जुटेको छ । 

    यद्यपि यो नै अन्तिम भने होइन । बाबुराम भट्टराई लगायत अन्य दल समेत सामेल हुने अवस्थामा यो सीटमा केही फेरबदल हुनसक्ने जनाइएको छ । 


    images

    Logo