images
images

इच्छाराजविरुद्ध ४ अर्ब ७० करोडको मुद्दा


  • 494
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    इच्छाराजविरुद्ध ४ अर्ब ७० करोडको मुद्दा

    काठमाडौं । सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले सिभिल सहकारी संस्थाको रकम  हिनामिना गरी आर्थिक अपचलन गरेको आरोपमा तामाङ, उनकी पत्नी, दुई छोरी, सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनकी पत्नी श्रीमती बीना श्रेष्ठसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।

    सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता ऋषिराम पोखरेलले तामाङले ३ अर्ब ३१ करोड रुपैयाँ ठगी गरेको पाइएको बताए । यसैगरी सोही प्रकरणमा तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ अपचलन गरेको पाइएको छ । 

    तामाङका छोरीहरू प्रतीक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरिएको छ । 

    यसैगरी विभागले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पाइएको छ । विभागले आरोपीसँग ४ अर्ब ७० करोड १३ लाख बिगो माग गरी मुद्दा दायर गरेको छ । 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा तामाङले सहकारीबाट  सर्वसाधारण बचतकर्ताले जम्मा गरेको रकम मनोमानी रूपमा प्रयोग गरी ५ अर्ब  ६७  करोड ५५ लाख रुपियाँ अपचलन गरेको पाइएको थियो । 


    images

    Logo