images
images

६ अर्ब २६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 438
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    ६ अर्ब २६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । सोमबार बैंकले ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  उक्त ट्रेजरी बिल ९१ दिनको मंसिर २० गते परिपक्क हुनेछ भने  ३६४ दिनको आगामी भदौ ५ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   


    images

    Logo