images
images

स्यामसङ ग्यालेक्सी ए १३ सार्वजनिक, कति पर्छ मुल्य ?


  • 480
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    स्यामसङ ग्यालेक्सी ए १३ सार्वजनिक, कति पर्छ मुल्य ?

    काठमाडौं ।स्यामसङ ग्यालेक्सी ए १३ सार्वजनिक भएको छ । सामसङ ग्यालेक्सी ए १३ सामसङको उच्च गुणस्तरीय अत्याधुनिक प्रविधिको फोन हो । यसमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेका छ । 

    सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । र, ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ  रहेकाे छ । 

    स्यामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भने, “न्बबिहथ ब्ज्ञघ हाम्रो पोर्टफोलियोमा उत्कृष्ट थपिएको छ। यो यन्त्र युवा सिर्जनाकर्ताहरूका लागि एकदमै उपयुक्त छ जसले सामाजिक प्लेटफर्महरूमा सधैं आफ्नो र आफ्नो सीपको बारेमा अभिव्यक्ति दिन्छन्। विशेषताहरू। जस्तै ५० एमपी क्वाड क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीले प्रयोगकर्ताहरूलाई सामग्री सिर्जना गर्ने प्रयासमा पक्कै पनि फाइदा पु¥याउँछ। साथै, गेमिङ जस्ता उच्च प्रदर्शन गतिविधिहरूको लागि सबैभन्दा धेर्रै आवश्यक परेको बेला तपाईंको र्यामलाई बढावा दिन र्याम प्लस जस्ता नयाँ युग सुविधाहरूको परिचय दिएर उत्कृष्ट समग्र अनुभव प्रदान गर्नमा केन्द्रित छौं।“ यस फोनको मुल्य. २१ हजार ४ सय ९९ रुपैयाँ रहेको छ । 


    images
    images

    Logo