images
images

१७ सदस्यीय मन्त्रिमण्डलमा 'मधेसी' मन्त्रीको बहुमत !


  • 881
    SHARES
  • २०७८ जेठ २१ गते शुक्रबार

    १७ सदस्यीय मन्त्रिमण्डलमा 'मधेसी' मन्त्रीको बहुमत !

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कामचलाउ मन्त्रिपषिद्मा १३ जना मन्त्री थपिएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ मन्त्रीलाई शपथ गराएकी हुन् । २ जना राज्यमन्त्रीलाई भने राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराए । 

    पुनर्गठनसँगै संघीय सरकारको मन्त्रिमण्डल १७ सदस्यीय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग र सामान्य प्रशासन गरी ८ वटा मन्त्रालय ओलीले आफैं लिएपछि मन्त्रिमण्डल अब १७ सदस्यमा सीमित भएको हो । 

    सोमध्ये १० जना मन्त्री र राज्यमन्त्री मधेशी मुलका छन् । राजेन्द्र महतो, रघुवीर महासेठ, शरदसिंह भण्डारी, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अगरिया, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ र चन्द्रकान्त चौधरी मधेशी मुलका मन्त्रीहरु हुन् । 

    यस्तो छ नयाँ कार्यविभाजन

    प्रधानमन्त्री केपी शर्मा ओली : प्रधानमन्त्री तथा मन्त्रिपरिषद, रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।

    उपप्रधानमन्त्री विष्णु पौडेल : अर्थ

    उपप्रधानमन्त्री राजेन्द्र महतो : शहरी विकास

    उपप्रधानमन्त्री रघुवीर महासेठ : परराष्ट्र

    मन्त्रीहरु    

    शेरबहादुर तामाङ : स्वास्थ्य
    कृष्णगोपाल श्रेष्ठ : शिक्षा
    वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार
    लीलानाथ श्रेष्ठ : कानून 
    शरतसिंह भण्डारी : ऊर्जा
    अनिल झा : खानेपानी 
    विमल श्रीवास्तव : श्रम तथा रोजगार
    उमाशंकर अरगरिया : वन तथा वातावरण
    लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था
    चन्दा चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद

    राज्यमन्त्रीहरु
    चन्द्रकान्त चौधरी : ऊर्जा
    रेणुका गुरुङ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक 


    images

    Logo