images
images

नेपाली सेनाले माग्यो ४ हजार कर्मचारी, ८ पासले पनि आवेदन दिन सक्ने


  • 905
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    नेपाली सेनाले माग्यो ४ हजार कर्मचारी, ८ पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नेपाली सेनाले ४ हजार सैन्य पदका लागि कर्मचारी माग गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले सो संख्यामा कर्मचारी माग गरेको हो ।

    विभागका अनुसार खुलामा २ हजार ८८ नेपाली सेनाका सन्तति २ सय महिला ३ सय ५०, जनजाति ५ सय ५०, मधेशी ४ सय ८०, दलित २ सय ५२ र पिछडिएको वर्गबाट ८० जनाको माग गरिएको छ ।

    उक्त आवेदनमा इच्छुक नागरिकले असोज २३ गतेसम्म आवेदन दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिने व्यवस्था कायम गरिएको छ ।

    सो आवेदनका लागि कक्षा ८ उत्तीर्ण भएकाले पनि दरखास्त दिन सक्नेछन् । दरखास्त दिने दिनसम्ममा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) हुनुपर्नेछ । 


    images

    Logo