images
images

लोकसेवाले घटायो अङ्कभार, अब कति ल्याउनुपर्छ ?


  • 16.9K
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    लोकसेवाले घटायो अङ्कभार, अब कति ल्याउनुपर्छ ?

    काठमाडौं । लोकसेवा आयोगले सहसचिव वा सो सरहको पदको द्वितीय चरणको सक्षमता परीक्षाको अङ्कभार घटाएको छ । द्वितीय चरणअन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अङ्क कायम गर्ने निर्णय आयोगले गरेको छ । 

    आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार आयोगलेसहसचिव, शाखा अधिकृत वा सो सरह, नायब सुब्बा वा सो सरह र खरिदार वा सो सरहको लिखित परीक्षाको पाठ्यक्रम र अङ्कभारमा पनि संशोधन तथा परिमार्जन गरेको  छ । आयोगले आर्थिक वर्ष २०७९/८० देखि हुने विज्ञापनमा लिखितमा सो व्यवस्था लागू गर्ने भएको छ । 

    आयोगद्वारा जारी विज्ञप्तिअनुसार आयोगले लिने प्रथम चरणको परीक्षामा सहसचिवभन्दा तल्ला पदको  लिखित परीक्षामा प्राप्त गरेको अङ्कको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ । आयोगले लिने विज्ञापनमा लिखित परीक्षाको प्रथम चरण (प्रथमपत्र)मा उम्मेदवारले प्राप्त गरेको कुल अङ्कको ५० प्रतिशत अङ्कभार मात्रै अर्काेचरणमा जोड्ने निर्णय भएको छ । 

    शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सो सर हका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण प्राप्त  गरेको नम्बरको ५० प्रतिशत अन्तिम चरणको योग्यता क्रममा गणना गरिने आयोगले जनाएको छ ।


    images

    Logo